मार्मिक कथामा बनेको लघु चलचित्र ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक



काठमाडौं। रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा बनेको लघु चलचित्र ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यो चलचित्रले सन्तानको भविष्य र खुसीका लागि आमाबुबाले गर्ने अपार त्याग र त्यसपछि आफ्नै सन्तानबाट टाढा हुन पुगेकी आमाको पीडादायी अवस्थालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

चलचित्रमा एक आमाको कथा छ, जसले आफ्नो सन्तानलाई जीवनभर माया र संरक्षण दिएर हुर्काउँछिन्। तर वृद्धावस्थामा ती आमालाई आफैँको सन्तानबाट अलग राखी वृद्धाश्रममा बस्न बाध्य बनाइन्छ। यो चलचित्रले समाजमा वृद्धावस्थामा भएका आमाबुबाको अवस्थालाई उजागर गर्दै सन्तानप्रतिको उनीहरूको अपार माया र त्यसको प्रत्युत्तरमा प्राप्त गर्ने व्यवहारलाई सोच्न बाध्य पार्छ।

यसमा रश्मि भट्ट, अर्जुन आचार्य, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष प्रीतम निरौला, र प्राञ्जल पौडेलजस्ता कलाकारहरूको सशक्त अभिनय रहेको छ।

‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक भएसँगै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

हेर्नुहोस् चलचित्र:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu