बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’ गीत सार्वजनिक



काठमाडौं। बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको चलचित्र ‘अग्निदहन’को नयाँ गीत ‘दाइ दाइ नभन मलाई’ सार्वजनिक भएको छ। पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर, परशुराम अधिकारीको संगीत, र लोकमणि पौडेलको रचनामा रहेको यो झ्याउरे गीत विवाहको रत्यौली शैलीमा छ, जसमा अनुपमा भण्डारी, प्रमिला तुलाचन लगायतको अभिनय छ।

लोकमणि पौडेलको उपन्यासमा आधारित यो सामाजिक शिक्षामूलक चलचित्रलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो। निर्देशक घनश्याम लामिछानेले बोक्सी सम्बन्धी अन्धविश्वास हटाउन सन्देशमूलक थ्रिलरको रूपमा चलचित्र निर्माण गरिएको बताए। चलचित्रको परिकल्पना कोविदशरण उपाध्यायले गरेका छन्, जसले मैथिली, भोजपुरी र अंग्रेजी सबटाइटलमा पनि उपलब्ध गराइएको जानकारी दिए।

चलचित्र विकास बोर्डबाट विशेष अवार्ड प्राप्त यो चलचित्रलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले अवलोकन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu