पूजा र राजवल्लभ अभिनीत तिहार गीत ‘रमाइलो तिहार’मा प्रवासको कथा



काठमाडौं। नेपालीहरूको महान् चाड तिहारको अवसर पारेर, विदेशमा रहेका नेपालीहरूको भावनात्मक कथा र सांस्कृतिक सम्बन्ध झल्काउने म्युजिकल चलचित्र ‘रमाइलो तिहार’ निर्माण गरी रिलिज गरिएको छ। यो चलचित्रले चाडपर्वमा आफ्ना परिवारबाट टाढा रहेर विदेशी भूमिमा सङ्घर्ष गरिरहेका नेपालीहरूको भावना र घरपरिवारप्रतिको माया प्रस्तुत गरेको छ।

चलचित्रको कथा अमेरिकामा बसोबास गरिरहेका एक भाइ र उनलाई तिहारको टीका लगाउन नेपालबाट अमेरिका पुगेकी दिदीको भेटघाटमा आधारित छ। दिदीले भाइलाई सप्तरङ्गी टिका र मखमली माला लगाई दीर्घायुको कामना गर्दा उनीहरूको माया, आत्मीयता र घरको सम्झनाले दर्शकको मन छुँदो दृश्य प्रस्तुत गरेको छ।

यस म्युजिकल चलचित्रको निर्देशन नेपाली चलचित्र निर्देशक जोयस पाण्डेले गरेका हुन्, जसको सम्पूर्ण छायाङ्कन अमेरिका मै गरिएको हो। निशान घिमिरेले सम्पादन गरेका छन्। गीतमा प्रताप दासको स्वर र रमेश क्षेत्रीको सङ्गीत छ।

यसमा पूजा चन्द, राजवल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलीप श्रेष्ठ, र अपार श्रेष्ठले अभिनय गरेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu