शनिवार गोप्य रुपमा हुँदैछ राजेश हमालको बिहे



rajesh-madhu-7

[dropcap]जी[/dropcap]वनको पाँच दशकको हाराहारीमा पुगेका नायक राजेश हमालले शनीवार मधु भट्टराईसँग बिवाह गर्दैछन् । तर, यो बिहेलाई गोप्य राखिएको छ । करिव पचास जना पारिवारिक सदस्यको मात्र उपस्थितीमा बिवाह सम्पन्न हुनेछ । बिवाह स्थान भने खुलाईएको छैन । मधु भट्टराईको बिशेष आग्रहका कारण मिडियामा स्थान गोप्य राखिएको हमालका सहयोगी रोशन हमालले ठुलोपर्दा डटकमलाई बताए ।

रिसेप्सन पार्टीमा भने राजेशका शुभचिन्तक सबैको उपस्थिती रहने बताइएको छ । राजधानीको एक होटलमा हुने पार्टीमा सञ्चारकर्मी लगाएत आफन्त तथा हमालका साथीभाईको उपस्थिती रहनेछ ।

rajesh-madhu-1

झण्डै नौ बर्ष अघि मई २८ तारिकमा मधु-हमालको पहिलो भेट भएको थियो । पाँचतारे होटल हायातमा एक कार्यक्रमको बेला यो जोडीको मिलन भएको थियो । राजेशले आफ्नो भिजिटिङ् कार्ड मधुलाई दिएका थिए भने मधुले पहिलो फोन गरेकी थिइन् ।

औपचारिक समारोहमा भेटिएकी मधुसँगको सामीप्यता बढ्दै गएपछि उनीहरूबीच प्रेम अंकुरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu