चलचित्र ‘सानो संसार’ पुनः प्रदर्शनको तयारीमा, बुधवार गरियो दोस्रो प्रिमियर



काठमाडौं। नेपाली चलचित्र ‘सानो संसार’ यही शुक्रवारदेखि देशव्यापी रूपमा पुनः प्रदर्शन हुने तयारीमा छ। यसअघि लगातारको झरीले प्रदर्शन प्रभावित भएपछि ३ दिनमै हलबाट उतारिएको यो चलचित्रलाई अब अनुकूल मौसम र समयलाई मध्यनजर गर्दै पुनः प्रदर्शन गर्न लागिएको हो।

चलचित्रको पुनः प्रिमियर बुधवार बेलुका क्यूएफएक्सको राइजिङ मलमा आयोजना गरिएको थियो।सो प्रिमियरमा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, निर्माता छविराज ओझा, कलाकार हिमेश पन्तसहित केही हास्य कलाकारहरू तथा चलचित्रका अन्य कलाकारहरूको उपस्थिति रहेको थियो।

चलचित्र हेरेपछि हरिवंश आचार्यले कथावस्तु र कलाकारहरूको अभिनयबाट आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। उनले भनेका छन् कि धेरै समयपछि मध्यमवर्गको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ। उनले आफू कथावस्तु र अभिनयबाट म प्रभावित भएको जनाए।” मदनकृष्ण श्रेष्ठले पनि चलचित्रको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।

निर्माता अर्जुन कुमार र माधव वाग्लेको निर्माणमा बनेको ‘सानो संसार’ले पहिलो प्रदर्शनका बेला नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो। चलचित्रको निर्देशन सिद्धार्थ पुडासैनीले गरेका छन्। चलचित्रमा सीतादेवी तिमिलसेना, अञ्जसा रिजाल, अनु दाहाल, राज पङ्गेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, र शिशिर सिवाकोटी लगायतको प्रमुख भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu