इनास मेरिल्यान्डको आयोजनामा ‘किड्स ट्यालेन्ट शो’ सम्पन्न



काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको मेरिल्यान्ड शाखाले नेपाली संस्कृति संरक्षणमा सक्रिय योगदान दिँदै आएको छ। हालै सम्पन्न भएको इनास मेरिल्यान्डको वार्षिकोत्सव तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रमले नेपाली डायस्पोरामा छुट्टै महत्त्व राख्ने पहिलो कार्यक्रमको रूपमा इतिहास रचेको छ। कार्यक्रममा १७ वर्ष मुनिका बालबालिकाहरूलाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको थियो।

बाल्टिमोरमा आयोजित ‘किड्स ट्यालेन्ट शो’ मा २६ जना बालप्रतिभाहरूले भाग लिएका थिए। यस कार्यक्रममा असुना छन्त्यालले पहिलो स्थान प्राप्त गरिन् भने कृपा ढकाल दोस्रो र सिर्जिता तामाङ तेस्रो भए। इनास मेरिल्यान्डका अध्यक्ष लक्ष्मण पौडेल र कार्यक्रम संयोजक शान्ति भण्डारीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।

कार्यक्रममा नेपाली फिल्म क्षेत्रका ख्यातिप्राप्त कलाकारहरूको सहभागिता रहेको थियो। अभिनेत्रीहरू सारंगा श्रेष्ठ, अरुणिमा लम्साल, उषा पौडेल, गायिका सरिश्मा अमात्य, अभिनेता बिमलेश अधिकारी र सङ्गीतकर्मी कमल सौराग प्रमुख आकर्षण बने। निर्णायकको भूमिकामा निर्णायकमा फिल्म निर्देशक तथा इनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछाने, ओकिली ब्याण्डका गायक सृजन ताम्राकार, अभिनेत्री सारंगा श्रेष्ठ, अरूणिमा लम्साल, उषा पौडेल, अभिनेता विमलेश अधिकारी, गायिका सरिश्मा अमात्य, गायक संजीव प्रधान, संगीतकार कमल सौरभ थिए। प्रमुख अतिथिमा इनास मेरिल्यान्डका सल्लाहकार, समाजसेवी तथा प्रमुख प्रायोजक अमर छन्त्याल उपस्थित थिए भने सह प्रायोजकको रूपमा इन्द्र थापाले पनि योगदान गरे।

सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी थिए। कमल सौराग, प्रवेश पौडेल, श्याम गुरुङ, कन्हैयासिंह परियार, अञ्जना गुरुङ, आभा मुकारुङ, याम क्षेत्री, शान्ति भण्डारी, कल्पना देवकोटा, लक्ष्मण पौडेल, राजु ढुंगेल, उदय भट्टराई, राजेश खड्गी, अमृत रामदाम, स्वरुपा रसाइली, खिम मस्रांगी, सुजन रामदाम, माधवी भण्डारी, रुबी पौडेल, रमेश परियार, रमेश सुनुवार, विराज रामदाम लगायतले प्रस्तुति दिए ।

इनास अमेरिकाका अध्यक्ष राहुल केसी र इनास पेन्सिलभेनियाका विकास घलेको उपस्थिति पनि उल्लेखनीय रह्यो। यस कार्यक्रममा सहभागी बालबालिका र दाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम समेत आयोजना गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu