चलचित्र ‘तेल भिसा’को गीत ‘कति रमाइलो’ सार्वजनिक, १० वर्षपछि उत्साहित ऋचा



काठमाडौं। चलचित्र ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगान प्रस्तुत गरिएको छ। अमेरिकामा खिचिएको गीतमा अञ्जु पन्त र आशिष अविरलले गाएका छन्, एक नारायण भण्डारीको शब्द र आशिष अविरलको सङ्गीत रहेको छ।

गीतको भिडियोमा अमेरिकामा रहेका कलाकार दिलीप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल लगायतका कलाकारहरूसँगै विपिन कार्की, पूजा चन्द, वर्षा राउत र ऋचा घिमिरे फिचर्ड छन्। कार्यक्रममा ऋचाले १० वर्षपछि नेपाली चलचित्र गर्न पाउँदा ऊर्जा महसुस भएको बताइन्। वर्षा राउत पनि चलचित्रको प्रचारका लागि नेपाल आएकी छन्।

चलचित्र मङ्सिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ, जसमा बुद्धि तामाङ, सुचित्रा उप्रेती, फ्रान्सिस शेरमन लगायतका कलाकारहरूको पनि अभिनय छ। चलचित्रको निर्देशन शङ्कर घिमिरेले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu