चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक



काठमाडौं। आगामी मङ्सिर ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देववाणी’को टिजर मङ्गलवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ। बाबु साहेब बलामीको निर्देशनमा बनेको यो चलचित्रको टिजरमा मुख्य पात्र कुन्दन भारद्वाजले आफ्नो गाउँको हरेक नागरिकको सुरक्षा गर्न गरेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ। टिजरले चलचित्रमा समेटिएको एक्सन, रोमान्स, र थ्रिलरलाई झल्काएको छ।

चलचित्रमा कुन्दन भारद्वाजसहित अनुजा लेप्चा, सुनिल थापा, रवीन्द्र झा, ध्रुव कोइराला, र भारतीय कलाकार ह्यारीको अभिनय देख्न सकिन्छ। यस चलचित्रलाई मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो। कलाकारहरूमध्ये कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी, र मौसम पौडेल मुख्य भूमिकामा देखिनेछन्।

चलचित्रका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुन् भने कार्यकारी निर्मातामा मनकुमार लेप्चा र रमेश ढुङ्गेल ‘झापाली’ छन्। नेपाली र हिन्दी भाषामा निर्माण भएको यस चलचित्रको छायाङ्कन नेपालका सिमरा, वीरगन्ज, इटहरी, काठमाडौं र भारतमा गरिएको हो। चलचित्रको पटकथा तथा संवाद नीराजन मेहता मन्जिलले लेखेका हुन् भने छायाङ्कन हरिबहादुर घलेले गरेका छन्। द्वन्द्व निर्देशनमा श्री श्रेष्ठ र देव महर्जन, कोरियोग्राफीमा रामजी लामिछाने र तेन्जु योञ्जन रहेका छन्।

चलचित्रको सङ्गीत मनोहर सुनाम र सन्तोष प्रगाढले दिएका छन् भने सम्पादन बन्दे प्रसादको रहेको छ। टिजर र ट्रेलरको कलरिङ प्रवीण ढकालले गरेका छन् भने भीएफएक्स सत्यम रानाको रहेको छ। ब्याकग्राउण्ड स्कोर प्रमोद परियारले दिएका छन् भने साउन्ड डिजाइन रञ्जित मण्डलको हो। तर्कराज न्यौपानेले मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu