चलचित्र ‘रङ्गी’को छायाङ्कन सुरु



काठमाडौँ। सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘रङ्गी’को छायाङ्कन मङ्गलवारबाट सुरु भएको छ। यस चलचित्रमा प्रस्तुत कर्ता सलोन बस्नेत रहेका छन्। निर्देशक सुरेश न्यौपानेको डेब्यू निर्देशन रहने यस चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ। निर्माण पक्षका अनुसार, चलचित्रको छायाङ्कन ३० दिनसम्म चल्नेछ।

निर्देशक सुरेश न्यौपाने यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता चलचित्रमा मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका छन्।

निर्माण पक्षले यसअघि चलचित्रको टाइटल पोस्टर पनि सार्वजनिक गरिसकेको छ, जहाँ एक साइकलमा बसेकी बालिका र उनको साथमा खेलिरहेका एक पुरुष देखिएका छन्। ती दुई बाबु-छोरी भएको अनुमान गर्न सकिन्छ। पोस्टरमा सूर्यास्तको दृश्य पनि देखाइएको छ, जसबाट चलचित्र बाबु-छोरीको कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ।

सक्षम सुवेदीले निर्माण गर्ने चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको सङ्गीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, तथा केबलमान सिंह बस्नेतको प्रोडक्सन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu