प्रदर्शनरत चलचित्र ‘ज्वाइँ साब’ को गीत ‘कुहिरोको दरबार’ सार्वजनिक



काठमाडौँ। दोस्रो सातामा प्रदर्शनरत चलचित्र ‘ज्वाइँ साब’ को गीत ‘कुहिरोको दरबार’ सार्वजनिक गरिएको छ। गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द र महेश ताम्राकारको सङ्गीत छ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार जितु नेपाल, निती शाह, बुद्धि तामाङ, र हिमेश पन्त फिचर्ड छन्। भिडियोमा तीन कलाकारको यात्रा चित्रण गरिएको छ भने जितु र नितीको रोमान्टिक भावलाई पनि झल्काइएको छ।

फिल्म ‘ज्वाइँ साब’ ले दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको दाबी गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu