साङ्गीतिक चलचित्र ‘आफ्नै स्वार्थ’ सार्वजनिक



काठमाडौं। निर्देशक रोशन दासको ‘आफ्नै स्वार्थ’ शीर्षकको साङ्गीतिक चलचित्र सार्वजनिक भएको छ। परिवार र सम्बन्धको संवेदनशील कथावस्तुलाई प्रस्तुत गरेको यस साङ्गीतिक चलचित्रले दर्शकलाई भावुक र विचार मग्न बनाउँछ। यस चलचित्रमा कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ भने निर्देशकले गीतको भावना र मर्मलाई पर्दामा कुशलतापूर्वक उतारेका छन्।

चलचित्रको पटकथा किङ्ग एबिसीले लेखेका हुन् भने निर्माता प्रतीक दास हुन्। ‘आफ्नै स्वार्थ’ साङ्गीतिक चलचित्रको भिडियो पशुपति वृद्धाश्रममा रहेका करिब ६ दर्जन वृद्ध वृद्धाहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो।

ध्रुव विश्वकर्माको स्वर, रोशन दासको शब्द रचना, र राजन कार्कीको सङ्गीत रहेको यस साङ्गीतिक चलचित्रमा सुभाष गजुरेल, गीता श्री थापा, नारायण बिक, अनुस्कृति घिमिरे, दीपेश घिमिरे, सरिता कठायत, सम्राट दास, सरिता ढुङ्गाना, अग्नि सुवेदी, रेश पोख्रेल, र दीप्त प्रकाश अधिकारीले अभिनय गरेका छन्।

चलचित्रको छायाङ्कन हरि प्रसाद ढकालले गरेका हुन् भने सम्पादन फुर्बा लामाले गरेका छन्। श्याम कुँवरले कलर संयोजन र सुरेन्द्र क्षेत्रीले कास्टिङ निर्देशनको जिम्मा लिएका छन्। रीता देवी, कुमारी बिना दाहाल, र प्रतिमा देवी दास कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको निर्माण सल्लाहकार हिकमत शर्मा हुन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu