
काठमाडौं। कलाकार भिसामा युरोप पठाउने भनी ठगी गरेको आरोपमा पक्राउ परेका हास्य कलाकार सुलेमान शङ्कर ‘इकु’ ५ लाख धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई रिहा गर्ने आदेश दिएको हो।
उनी २६ भदौमा पक्राउ परेका थिए। रिहा भएसँगै इकुले आफ्नो नयाँ चलचित्र ‘१२ गाउँ’को प्रचार-प्रसार सुरु गरेका छन्। उक्त चलचित्रमा इकुले महत्त्वपूर्ण भूमिका निभाएका छन्।
यो चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।