चलचित्र ‘ज्वाइँ साब’को १० दिनको ग्रस कलेक्सन कति ?



काठमाडौं। गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’ले दश दिनमा ३ करोड २५ लाखको ग्रस कलेक्सन गर्न सफल भएको दाबी गरिएको छ। निर्माण पक्षले आइतबार चलचित्रको दोस्रो हप्तासम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको हो। यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो।

चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ। वितरकका अनुसार ‘ज्वाइँ साब’ले दोस्रो हप्तामा पनि राम्रो व्यापार गरेको छ। चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे र इशान राउत लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ।

वसन्त निरौलाको निर्देशन र राजकुमार पण्डितको प्रस्तुतिमा निर्माण भएको ‘ज्वाइँ साब’ रेड आइ फिल्मसको ब्यानरमा निर्मित हो। समीर पण्डित, सौगात पण्डित, र पदमलाल तामाङले लगानी गरेको यस चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता हुन्। चलचित्रको कथा सबिन अधिकारीले लेखेका हुन् भने शङ्कर धितालले लेखनमा साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu