अन्तर्राष्ट्रिय मञ्चमा स्थान दिलाउन भूमिका खेलेका टिमप्रति कृतज्ञ दयाहाङ



 काठमाडौँ। अभिनेता दयाहाङ राईले आफ्ना दुई चलचित्रहरूको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्तर्राष्ट्रिय दर्शकमाझ प्रदर्शन हुने अवसरप्रति आभार व्यक्त गरेका छन्। उनका चलचित्रहरू ‘पूजा, सर’ (राजागन्ज) मामी मुम्बई फिल्म फेस्टिभलमा प्रदर्शन हुँदैछ भने ‘गाउँ आएको बाटो’ हङकङको गोल्डेन सिन सिनेमामा चिनियाँ दर्शक लक्षित गरी प्रदर्शन हुँदैछ।

सामाजिक सञ्जालमार्फत दयाहाङले आफूलाई यी अन्तर्राष्ट्रिय मञ्चमा स्थान दिलाउन भूमिका खेलेका निर्देशक, निर्माता, प्राविधिक टोली, सह-अभिनेता, दर्शक, शुभचिन्तक, अग्रज, गुरुहरू र परिवारप्रति कृतज्ञता प्रकट गर्दै विशेष धन्यवाद दिएका छन्। उनले यी अवसरहरूलाई आफ्नो करियरमा महत्त्वपूर्ण क्षणको रूपमा लिँदै आफूलाई थप जिम्मेवारी महसुस भएको बताएका छन्।

यसका साथै, उनले दर्शकहरूलाई ‘जारी’ चलचित्र युट्युबमा, ‘दिमाग खराब’ र ‘घर ज्वाइँ’ ओटिटिमा हेर्न सक्ने जानकारी पनि दिएका छन्। हाल उनी दीपेन्द्र लामाको निर्देशन तथा हिमाल कडरियाको निर्माणमा बनिरहेको ‘दुखी आत्मा’ चलचित्रको छायाङ्कनमा व्यस्त रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu