अवार्ड कार्यक्रमहरूको औचित्यमाथि राजबल्लभ कोइरालाको प्रश्न



काठमाडौं। नेपाली चलचित्र उद्योगमा आयोजना हुने विभिन्न अवार्ड कार्यक्रमहरूको औचित्यमाथि अभिनेता राजबल्लभ कोइरालाले गम्भीर प्रश्न उठाएका छन्। आफ्नो आधिकारिक फेसबुकमार्फत उनले लेखेका छन्, “बहाना खोजी खोजी अनेकौँ नाम राखी चलचित्र अवार्ड गर्नुको साटो, दीर्घकालीन सोच र योजना राखी विदेशमा नेपाली चलचित्रको बजार र प्रवर्द्धन, सम्भावना र सहकार्य खोजे हुन्न ?” कोइरालाको विचारमा, नयाँ बजार र दर्शक प्राप्त गर्नु र निर्माताको लगानी सुरक्षित हुनु नै चलचित्र क्षेत्रका लागि सबैभन्दा ठुलो अवार्ड हो।

उनले थपेका छन्, “सम्मान र प्रोत्साहन गरेको हरपल राम्रो तर बिना कुनै उल्लेखनीय उपलब्धि र ठोस परिणाम ल्याउने, यी कार्यक्रमहरू औचित्य मैले बुझ्नै सक्दिन। परिणाम भन्दा पनि पहिचान चाहिएको छ सबैलाई। म त फलानो, तपाई नि?”

कोइरालाको यस टिप्पणीले नेपाली चलचित्र उद्योगमा हुने अवार्ड समारोहहरूको दीर्घकालीन प्रभावमाथि बहस सुरु गराउन सक्छ।

करिब १० वर्षको अभिनय ग्यापपछि राजबल्लभ कोइराला चलचित्र ‘एक्टर: टेक वन’बाट कमब्याक गर्दैछन्। माघ १६ गते रिलिज हुने यो चलचित्रको टिजरमा उनलाई गज्जबको इन्ट्रि दिइएको छ, जसलाई दर्शकले निकै रुचाएका छन्।

हाल संयुक्त राज्य अमेरिकामा बस्ने कोइरालाले आफ्नो अभिनय करियरको सुरुवात पोखरा एफ.एम. ९५.८ मा आरजेका रूपमा गरेका थिए। त्यसपछि मोडलिङ हुँदै उनी नेपाली फिल्म उद्योगमा प्रवेश गरे। उनको पहिलो मुख्य भूमिकामा रहेको चलचित्र ‘पर्खी बसेँ’ २००८ मा प्रदर्शन भएको थियो, जसले सिनेमाघरहरूमा १०० दिन मनाएको थियो।

‘अपवाद,’ ‘मसान,’ र ‘पल’ जस्ता चलचित्रहरूमा गरेको उत्कृष्ट अभिनयका कारण उनी नेपाली चलचित्र उद्योगका महत्त्वपूर्ण अभिनेताको रूपमा स्थापित भएका थिए। २७ भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका कोइराला लामो समयको विश्रामपछि ‘एक्टर: टेक वन’ले उनको पुनरागमनलाई विशेष बनाउन सक्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu