हेमाको एक्शनबाट ‘हँसिया’को सम्भावना



Hasiya

शुक्रवारदेखी देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘हँसिया’को राजधानीमा शुक्रवार बिशेष शो गरियो । चलचित्र हेर्न काठमाडौंमा उपलब्ध चलचित्रका कलाकारहरु तथा निर्माण टिमसहित सञ्चारकर्मी तथा अन्य चलचित्रकर्मीहरु उपस्थित भएका थिए ।

चलचित्र हेरिसकेपछी धेरैले चलचित्रमा समावेश नायिका हेमा श्रेष्ठको एक्शनको खुलेर तारिफ गरेका थिए भने अर्का कलाकार अनुप विक्रम शाही र नायक राजेश हमालको अभिनयमा पनि खोट लगाउने ठाउँ नभेटिएको टिप्पणी गरेका थिए । चलचित्र हेरिसकेपछी सञ्चारकर्मी तथा चलचित्रकर्मीहरुबाट पाएको प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक मिलन चाम्सले बताए ।

यसैबीच चलचित्र ‘हँसिया’ले देशभर उत्साहप्रद सुरुवात गरेको छ । काठमाडौंमा मात्रै १९ वटा र देशभर करिब ६० भन्दा बढीहलमा एकसाथ प्रदर्शनमा आएको यो चलचित्र हेर्न हलमा दर्शकको उल्लेख्य उपस्थिती पाईएको छ । काठमाडौंका अष्टनारायण, गोपीकृष्ण, गुण लगायतका बिभीन्न हलमा विहानी र दिवा सो समेत हाउसफुल भएको वितरणको जिम्मा लिएका दर्शना आर्टस् का सिईओ सुरेशदर्पण पोखरेलले बताए ।

प्रदर्शन पहिले नै चर्चा कमाएको यो चलचित्रमा नायिका हेमा श्रेष्ठको सशक्त एक्शन दृश्यहरु समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu