भारतीय निर्देशक अनुराग कश्यप नेपाली चलचित्र ‘पूजा, सर’को कार्यकारी निर्माता बन्ने



काठमाडौं। भारतीय प्रख्यात निर्देशक अनुराग कश्यपले दीपक रौनियारको नेपाली चलचित्र ‘पूजा, सर’मा कार्यकारी निर्माता रूपमा काम गर्ने भएका छन्। प्रसिद्ध अमेरिकन ट्रेड म्यागेजिनको अनलाइन संस्करणले यो खबर सार्वजनिक गरेको छ र यो चलचित्रलाई यु.के. र आयरल्यान्डका लागि च्यानल ४ ले खरिद गरेको प्रकाशन गरेको छ।

कश्यप केही समय अघि नेपाली चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन काठमाडौं आएको थिए। प्रिमियरमा बोल्दै उनले निर्देशक दीपक रौनियारको तारिफ गरेका थिए।

यो चलचित्र यस वर्षको भेनिस फिल्म फेस्टिभलको होराइजन स्ट्र्यान्ड प्रतिस्पर्धामा डेब्यू भएको थियो, र पछि ह्याम्बर्ग र बुसानमा प्रदर्शन गरिएको थियो। यो चलचित्र दक्षिण नेपालमा २०१५ मा भएको मधेसी आन्दोलनका वास्तविक घटनाहरूबाट प्रेरित छ। कथामा दुई बालकलाई नेपाल-भारत सीमा नजिक अपहरण गरिन्छ, र काठमाडौंबाट डिटेक्टिभ इन्स्पेक्टर पूजा घटनाको अनुसन्धान गर्न पठाइन्छिन्। तर, त्यहाँ पुगेपछि राजनीतिक अशान्ति र आन्दोलनहरूले उनको काममा अवरोध पुर्‍याउँछन्, जसले गर्दा उनलाई स्थानीय मधेसी प्रहरी महिला ममता सँगको सहयोग आवश्यक पर्छ।

यस चलचित्रमा मुख्य भूमिका आशा मगरातीले निर्वाह गरेकी छन् भने दयाहाङ राई, निकिता चन्दक, ऋचा शर्मा, विजय बराल लगायत कलाकारहरूले पनि अभिनय गरेका छन्। चलचित्रलाई आदि फिल्म्स, बाँसुरी फिल्म्स, र तनहाउजर गेटले निर्माण गरेका हुन्। नेपालमा २०२५ को मार्च १४ मा रिलिज गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu