सलमानका भतिज अरहानको बलिउड डेब्यु कहिले ?



बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानले हालै मात्र आफ्नो छोरा अरहान खानको बलिउड डेब्युबारे कुरा गरेका छन्। उनले भने, अरहानलाई चलचित्र क्षेत्रमा आउन केही वर्ष लाग्न सक्छ। उनी अहिले धेरै युवा छन् र आफ्नो विकासमा ध्यान दिँदै छन्।

इन्स्टेन्ट बलिउडसँगको कुराकानीमा अरबाजले भनेका छन्, “आशा छ, अरहानलाई अभिनय क्षेत्रमा पाइला राख्न अझै एक-दुई वर्ष लाग्न सक्छ। मलाई विश्वास छ, उनी पहिले अभिनेता बन्नेछन् र त्यसपछि मात्र अरू कामतिर लाग्नेछन्। अभिनय नै उनको पहिलो प्राथमिकता हुनेछ।”

अरबाजकी पूर्व पत्नी तथा अरहानकी आमा मलाइका अरोडाले पनि आफ्नो छोरा अरहानसँगको सम्बन्धबारे एउटा अन्तरवार्तामा कुरा गरेकी थिइन्। उनले भनेकी थिइन्, “म कडा आमा भए पनि समर्थन गर्ने आमा पनि हुँ। अरहानलाई थाहा छ, उसले जुनसुकै कुरामा मेरो सहयोग लिन सक्छ। अहिलेको समयमा बच्चाहरूसँग मित्रता कायम गर्नु महत्त्वपूर्ण छ, तर आमाबाबुको भूमिका जिम्मेवारीपूर्वक निभाउनु अझ महत्त्वपूर्ण छ।”

अरबाज र मलाइकाको उनीहरूको विवाह डिसेम्बर १९९८ मा भएको थियो, र १९ वर्षपछि मे २०१७ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu