विपिन कार्कीको ‘कर्मा’ आगामी नयाँ वर्षमा रिलिज हुने



काठमाडौं। ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने नयाँ चलचित्र ‘कर्मा’ले छायाङ्कन अगावै रिलिज मिति तोकेको छ। अभिनेता विपिन कार्कीलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै चलचित्रको प्रदर्शन मिति चैत २९ अर्थात् नयाँ वर्ष तोकिएको छ र यससँगै पोस्टर पनि सार्वजनिक गरिएको छ।

पोस्टरमा विपिन कार्कीलाई जिममा कसरत गरिरहेको देख्न सकिन्छ। उनले ग्रे ट्र्याकसूट र चस्मा लगाएका छन्, जसले भूमिकामा उनको गम्भीरता र फिटनेसको महत्त्वलाई सङ्केत गर्छ। पोस्टरमा चलचित्रको नाम ‘कर्मा’ ठूलो रातो अक्षरमा उल्लेख छ, जसले चलचित्र एक्सन ड्रामा जनरामा आधारित रहेको देखाउँछ।

पोस्टरमा राखिएको ‘Bad Man, Good Intention’ ट्याग लाइनले विपिनको चरित्रमा नेगेटिभ भूमिकासँगै राम्रो उद्देश्य पनि रहेको सङ्केत गर्छ।

चलचित्रको छायाङ्कन मङ्सिर दोस्रो सातादेखि सुरु हुने जानकारी दिइएको छ। निर्माता वसन्त लम्साल हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu