‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक



काठमाडौं। हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ। अनु चौधरीको स्वरमा रहेको यस गीतमा प्रशान्त सिवाकोटीले शब्द र सङ्गीत दिएका छन् भने मोडल अलिशा शर्माले नृत्य प्रस्तुत गरेकी छन्। चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ। 

नवीन भट्टको डेब्यु निर्देशन रहेको यस चलचित्रलाई मनोज कुमार अधिकारीले बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरेका हुन्। नितिश पुन सह निर्माता रहेका छन्। अधिकारीले यसअघि ‘नौ डाँडा पारी’ र ‘मङ्गलसूत्र’ चलचित्रमा निर्माण तथा अभिनय गरेका थिए।  

‘फिरफिरे फिरिरी’ मा सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको छ। सन्दीप श्रेष्ठ र भावना उप्रेतीले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दै छन्। चलचित्रमा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, र सूर्यमान लिम्बुको अभिनय छ। 

चलचित्रको छायाङ्कन जितु तामाङले गरेका हुन् भने सम्पादन अनन्त घिमिरेले गरेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu