चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक



काठमाडौं। कार्तिक १५ गते रिलिज हुने नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ। गन्धर्व समुदायको पुर्ख्यौली पेसा, उनीहरूको सङ्घर्ष, प्रेम, बिछोड, र शैक्षिक अवस्थालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रको ट्रेलरमा समाजले गन्धर्वलाई कसरी हेपिरहेको छ भन्ने कथा प्रस्तुत गरिएको छ।

सरोज पौडेलको कथा र निर्देशनमा बनेको यो चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूतलगायतका कलाकारहरूले मुख्य भूमिका निर्वाह गरेका छन्। अन्य कलाकारहरूमा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, र जान्वी पौडेल रहेका छन्।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।

चलचित्रको मुख्य भूमिकामा रहेका विजय बरालले ट्रेलर सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेकोमा खुसी व्यक्त गरेका छन्। उनले यस पटक फरक तरिकाले काम गर्ने अवसर पाएको बताए। उनले भने, “मलाई यस पटक विशेष चरित्रमा भिजेर काम गर्न पाउँदा निकै उत्साहित छु। ट्रेलरमा मेरो चरित्रको इमोशनले दर्शकको ध्यान तानेको जस्तो लाग्छ।”

निर्देशक सरोज पौडेलले आफूहरूले आफ्नै गाउँ–ठाउँ र माटोको कथा भन्न खोजेको बताएका छन्। उनले यो चलचित्र नेपाली निम्न मध्यम वर्गीय परिवारको कथा भएको र धेरैलाई आफ्नै जीवनसँग जोडिएको महसुस हुने विश्वास व्यक्त गरे।

चलचित्रमा प्रशान्त सिवाकोटीको सङ्गीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, र मेलिना राई, पुष्पन प्रधान, तथा प्रशान्त सिवाकोटीको स्वर रहेको छ। चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu