चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर, अब माघ १६ मा आउने



काठमाडौं। अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो। अब यो चलचित्र माघ १६, २०८१, बुधवारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ।

चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ। चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्‍याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो।

निर्माण पक्षले यो निर्णयले वितरक, चलचित्र प्रेमी दर्शकहरू, र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली चलचित्रलाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको छ।

‘एक्टर: टेक वन’ लाई थप उत्कृष्ट रूपमा निर्माण गर्न आवश्यक समय लाग्ने जानकारी गराउँदै, निर्माण टिमले दर्शकहरूको माया र समर्थनको कदर गरेको छ।

चलचित्र निर्माता थमन कुमार भण्डारी (अदृत फिल्मस्) र मोती कार्की (मोती फिल्मस्) ले जय ‘एक्टर: टेक वन’ र जय नेपाली सिनेमा भन्दै चलचित्र प्रेमी दर्शकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu