‘छक्का पञ्जा–५’को पहिलो साताको ग्रस कलेक्सन १० करोड रुपैयाँ



काठमाडौं। चलचित्र ‘छक्का पञ्जा–५’को पहिलो एक साताको ग्रस कलेक्सन १० करोड रुपैयाँ पुगेको छ। निर्माता तथा अभिनेता दीपकराज गिरीले ठुलोपर्दासँग कुरा गर्दै यो कलेक्सनको पुष्टि गरे। उनले यो तथ्याङ्क वितरकहरूको स्रोतलाई उद्धृत गर्दै बताएका हुन्।

यो चलचित्र बडा दसैँको फूलपातीका दिन अर्थात् असोज २४ गते रिलिज भएको हो। ‘छक्का पञ्जा–५’सँगै अन्य दुई नेपाली चलचित्रहरू ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि रिलिज भएका थिए। यद्यपि, यी दुई चलचित्रहरूको कलेक्सन रिपोर्ट हालसम्म सार्वजनिक भएको छैन।

‘छक्का पञ्जा’ फ्रेन्चाइजको पाँचौँ संस्करण भएकाले दर्शकको अपेक्षा यसमा ठुलो रहेको छ। यस चलचित्रले हलहरूमा उल्लेखनीय उपस्थिति कायम गर्न सफल भएको देखिन्छ, जसले नेपाली चलचित्र बजारमा सकारात्मक सङ्केत दिएको छ।

दसैँको अवसरमा नेपाली दर्शकहरू हलतर्फ आकर्षित हुने परम्परालाई यस वर्ष पनि ‘छक्का पञ्जा–५’ले निरन्तरता दिएको छ भने ’१२ गाउँ’ र ‘ज्वाइँ साब’ले पनि दर्शक आकर्षित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu