हलले विभेद गरेको विषयमा ‘बेहुली फ्रम मेघौली’का वितरक शर्माको कडा प्रतिक्रिया



काठमाडौं। असोज १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माता तथा अभिनेता निश्चल बस्नेतले हलहरूको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै हलको विकल्पतिर लाग्ने प्रतिक्रिया दिएपछि सो चलचित्रका वितरण कम्पनी डिसिएनका अध्यक्ष अशोक शर्माले पनि सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

उनले बुधवार हाउसफुल भएको शो बिहीबार हटाउनु परेको विषयमा असन्तोष प्रकट गर्दै हल सञ्चालकहरूलाई गम्भीर प्रश्न उठाएका छन्। शर्माले भनेका छन्, “बुधवार हाउसफुल भएको शो बिहीबार नयाँ चलचित्र आएपछि हटाउनु पर्छ भन्ने मान्यता छ? बिहीबार ७०-७५% अकुपेन्सी भएको शो शुक्रवार हटाउनु पर्छ भन्ने विचार छ?”

उनले अन्य चलचित्रहरूको अकुपेन्सीको तुलनामा ‘बेहुली फ्रम मेघौली’लाई अन्याय गरिएको भन्दै हलहरूमा विभेद भएको आरोप लगाए। शर्माले कतिपय हलहरूले अकुपेन्सी न्यून भएका हिन्दी चलचित्रलाई निरन्तर शो दिइरहेको तर दर्शकको उल्लेख्य उपस्थिति हुँदासमेत नेपाली चलचित्रका शो घटाइएको गुनासो गरे। उनले थप भने, “यो कुरा मैले सबै हलका लागि भनेको होइन, तर ती हलहरूको लागि हो, जो नपाउँदा आत्तिन्छन् र पाएपछि मातिन्छन्।”

शर्माले राजा शासनको समयमा सरकारले गरेको विभेदका कारण हाइ भिजन हलको अवधारणा आएको नजिर देखाउँदै हलको विकल्प नआउला भन्न नसकिने बताएका छन्।उनले नेपाली चलचित्रले भोगिरहेका यस प्रकारका समस्याको समाधान चलचित्र सङ्घ र निर्माता सङ्घको नेतृत्वमा छलफल गरेर निकाल्नुपर्ने सुझाव दिएका छन्।

यो पनि पढ्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu