‘फेरी रेशम फिलिली’को छायाङ्कन सुरु



काठमाडौं। चलचित्र ‘फेरी रेशम फिलिली’को छायाङ्कन सुरु भएको छ। निर्माण पक्षले शुभ मुहूर्त गर्दै सोमबार छायाङ्कन सुरु गरेको हो। यस चलचित्रको लेखन र निर्देशन निरोज महर्जनले गर्दैछन्।

चलचित्रमा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेतीलगायतका कलाकारहरूले अभिनय गर्नेछन्। रौनकविक्रम कडेल निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् भने सह निर्माता एनी थापा रहेकी छिन्। सिनेमा आर्ट्सको प्रस्तुति रहने यो चलचित्र दि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भइरहेको हो। 

छायाङ्कन सुजन प्रजापतिले गर्नेछन् भने सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन्। पटकथा निरोज महर्जन र आकाश बरालले लेखेका छन्। चलचित्रको सङ्गीत कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइबा, र दीपक शर्माले तयार पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu