‘हँसिया’ र ‘मेरो बेष्ट फ्रेण्ड’ दर्शकमाझ



फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी चर्चित चलचित्र ‘हँसिया’ र ‘मेरो बेष्ट फ्रेण्ड’ दर्शकमाझ आएका छन । ‘हँसिया’लाई निर्माण टिमले नारी प्रधान एक्सन चलचित्र हो भने ‘मेरो बेष्ट फ्रेण्ड’ लभ स्टोरीबेसको चलचित्र हो ।

‘हँसिया’
चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन । त्यसो त यो चलचित्र प्रोमो सार्वजनिक भएदेखी नै त्यसमा देखाईएको नायिका हेमा श्रेष्ठको एक्शनका कारण चर्चामा आएको चलचित्र हो । यो चलचित्र देशैभर ६० भन्दा बढी हलमा प्रदर्शनमा आएको बताईएको छ । चलचित्रमा राजेश हमाल र हेमा श्रेष्ठ लिड रोलमा छन ।
Hasiya

‘मेरो बेष्ट फ्रेण्ड’
यो चलचित्र प्रसन्न पौड्याल निर्देशित चलचित्र हो । ‘मेरो बेष्ट फ्रेण्ड’ नायिका प्रियंका कार्कीको पहिलो चलचित्र भएपनि धैरै लामो  ग्यापपछी बल्ल पर्दामा आउन लागेको हो । यो चलचित्रमा प्रियंका, केकी अधीकारी, रेश मरहठ्ठा, दिवश उप्रेती, किरण लाकौल, पुजा शर्मा लगायतका कलाकारहरु अभभिनयमा छन । भने चलचित्रमा लगानी प्रजिता बज्राचार्यको रहेको छ ।

best friend

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu