‘साइबर सेना’को विषयमा माग्ने बुढाले मागे माफी



काठमाडौं। प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ५’ का चर्चित अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले हालै एक कार्यक्रममा ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा सार्वजनिक रूपमा क्षमा मागेका छन्। उनले आफ्नो फेसबुक स्ट्याटसमार्फत यसप्रति दुःख व्यक्त गर्दै, आवेगमा यस्तो शब्द प्रयोग गरेकोमा चित्त दुखेकाहरूसँग माफी मागेका हुन्।

उनले स्ट्याटसमा लेखेका छन्, “एक कार्यक्रममा आवेगमा मैले ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु। मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरेको छु।”

उनले आफ्नो बिरामी बुवासँग भएको कुराकानी पनि स्ट्याटसमा उल्लेख गरेका छन्। घिमिरेका अनुसार, बुवाले उनलाई ‘सानु बन्न पर्छ जहाँ पनि अटाइन्छ, ठुलो हुँदा कतै छिरिँदैन’ भन्ने सल्लाह दिएका थिए। यसबाट प्रेरित हुँदै, घिमिरेले यदि कसैको चित्त दुखेको छ भने माफी दिन आग्रह गरेका छन्।

केदार घिमिरेले यसअघि चलचित्र ‘छक्का पञ्जा ५’ को प्रचारका क्रममा आयोजित ‘रोस्टिङ ब्याटल’ कार्यक्रममा सँगै प्रदर्शनमा आउन लागेका अन्य चलचित्रलाई लक्षित गर्दै, ‘छक्का पञ्जा ५’ विरुद्ध साइबर सेना प्रयोग भएको महसुस गरेको बताएका थिए। यस घटनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu