‘जारी’लाई चार दिनमै ५० लाख भ्युज, युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा



काठमाडौं। सुपर हिट नेपाली चलचित्र ‘जारी’ले युट्युबमा चार दिनमै ५० लाख भ्युज पार गर्न सफल भएको छ। बडा दसैँको अवसर पारी सार्वजनिक भएको छोटो समयमै चलचित्र नेपाल ट्रेन्डिङको नम्बर एक स्थानमा पुगेको थियो र अहिले पनि सो स्थानमा नै रहेको छ।

गत नयाँ वर्षमा रिलिज भएको यो चलचित्रले चलचित्र हलमा ब्लकबस्टर व्यापार गर्न सफल भएको थियो। दर्शकको उच्च प्रशंसा र माउथ पब्लिसिटीको बलमा चलचित्रले ओटिटी प्लेटफर्म ‘सिनेमाघर’मा पनि उल्लेखनीय व्यापार गरेको थियो। यो सफलता युट्युबमा पनि निरन्तर जारी छ, जहाँ चार दिनमै चलचित्रले ५० लाखभन्दा बढी भ्यूज हासिल गरेको छ। दर्शकहरूले ‘जारी’लाई मन पराएसँगै, यसले डिजिटल प्लेटफर्ममा पनि बलियो उपस्थिति देखाएको छ।

गत वर्षको सर्वाधिक हिट यस चलचित्रले हलमा १७ करोडमाथिको कलेक्सन गरेको थियो। उपेन्द्र सुब्बाले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ लगायतको अभिनय छ।

हेर्नुहोस् चलचित्र ‘जारी’:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu