सिनेमा आर्टको चलचित्र ‘फेरी रेशम फिलिली’ घोषणा



काठमाडौं। सिनेमा आर्टले आफ्नो नयाँ चलचित्र ‘फेरी रेशम फिलिली’ को औपचारिक घोषणा गरेको छ। ‘कबड्डी कबड्डी,’ ‘पुरानो डुङ्गा,’ ‘घाम पानी,’ ‘मिस्टर झोले,’ र ‘दिमाग खराब’ जस्ता सफल चलचित्रहरू निर्माणको लागि चर्चित सिनेमा आर्टले शुक्रवार २०७२ सालमा रिलिज भएको चलचित्र ‘रेशम फिलिली’को ‘नेमसिक्वेल’ घोषणा गरेको हो।

चलचित्रको मुख्य भूमिकामा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, निर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठी, एवन राज उप्रेती, लक्ष्मीनाथ तिमल्सिना, सरोज अर्याल लगायतको अभिनय रहनेछ। चलचित्रको निर्देशन र लेखन निरोज महर्जनले गर्नेछन् भने निर्माता रौनक विक्रम कँडेल, कार्यकारी निर्माताको रूपमा सुरज बम ठकुरी र सह-निर्माताको रूपमा एनी थापा रहेका छन्।

सुसन प्रजापतिको छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन, आकाश बराल र निरोजको पटकथा, काली प्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइबा र दीपक शर्माको सङ्गीत, रोयल भीमसेन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu