चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक, बोक्सीको नाममा महिलालाई दिने यातनाको कथा



काठमाडौं। आगामी मङ्सिर ७ गते रिलिज हुने नेपाली चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक गरिएको छ। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित यो फिल्मको टिजर बुधवार सार्वजनिक भएको हो।

टिजरमा महिलालाई बोक्सीको आरोप लगाएपछि धामी झाँक्रीमार्फत दिइने यातनाको दृश्यलाई प्राथमिकता दिइएको छ। यसका निर्देशक घनश्याम लामिछानेले बोक्सी प्रथाको अन्त्यका लागि जनचेतना फैलाउने उद्देश्यले यो चलचित्र निर्माण गरिएको बताए। उनका अनुसार, मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सन्देशलाई देशव्यापी रूपमा अभियानका रूपमा फैलाउन फिल्म तयार पारिएको हो।

यस चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, र तारा बहादुर गुरुङले अभिनय गरेका छन्। चलचित्रको कथा, पटकथा, तथा संवाद लोकमणि पौडेलले तयार पारेका हुन् भने पटकथा र मुख्य सहायक निर्देशन परिच्छेद सेनले गरेका छन्। दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, र शङ्कर पाण्डेको प्रोडक्सन डिजाइन रहेको छ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu