‘नेपाली माया पठाउँछु’ गीतको ‘पिक्चर मुभी’ सार्वजनिक, फोटोबाटै बन्यो भिडियो



काठमाडौँ। विदेशमा रोजगारीको लागि जाने नेपाली युवाको सङ्घर्ष र परिवारप्रतिको माया दर्साउने गीत ‘नेपाली माया पठाउँछु’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यो म्युजिक भिडियो परम्परागत सुटिङको सट्टा फोटोलाई चलायमान बनाइ प्रस्तुत गरिएको छ। निर्देशक गम्भीर विष्टले यसलाई ‘पिक्चर मुभी’को रूपमा परिभाषित गरेका छन्, जसले फोटोग्राफी र चलचित्रको अनुभवलाई एकसाथ समाहित गर्दै फरक शैलीको प्रस्तुति दिएको छ।

गीतको शब्द र सङ्गीत राज आचार्यले तयार पारेका हुन् भने सङ्गीत संयोजन विषम आचार्यले गरेका छन्। यसमा राज र विषमकै स्वर रहेको छ। भिडियोमा शङ्कर आचार्य, गणेश विष्ट, निर्मला आचार्य, ज्ञानी विष्ट, राज आचार्य, र विषम आचार्यको मुख्य भूमिका छ। बाल कलाकारमा कृन्तन निगम विष्ट र आशुतोष न्यौपानेले विशेष भूमिका निर्वाह गरेका छन् भने विपिन कार्की र सन्तोष थारु सहायक कलाकारका रूपमा देखिएका छन्।

यसको फोटोग्राफी ईश्वर वल्लभ उप्रेतीले गरेका हुन् भने सम्पादन, कलरिङ र ग्राफिक्स राकेश दाहालले गरेका छन्। राज आचार्यको परिकल्पनामा आधारित यस म्युजिक भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन्।

‘नेपाली माया पठाउँछु’ म्युजिक भिडियोले विदेशमा सङ्घर्षरत नेपाली युवाहरूको जीवनलाई केन्द्रमा राखेको छ। यसले परदेशमा जीवनयापन गर्नुपर्ने बाध्यता, परिवारसँगको बिछोड र माया, अनि घर फर्कन नपाउँदाको पीडालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu