‘पर्वत कलाकार समाज’द्वारा दसैँ कार्यक्रम सम्पन्न



काठमाडौं। ‘पर्वत कलाकार समाज नेपाल’ले काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा भव्य दसैँ शुभकामना कार्यक्रम आयोजना गरेको छ। शनिवार आयोजित कार्यक्रममा अभिभावकका रूपमा पर्वत जिल्लाका प्रभावशाली राजनीतिज्ञ नवराज गुरुङ सहभागी भएका थिए।

सो कार्यक्रममा नेपाल सरकारका सचिव डिल्लीराम शर्मा, बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेल, अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक गोविन्द सुवेदी र व्यवसायी तथा समाजसेवी रुद्र पौडेल, युवा नेता राजेन्द्र तिवारी, समाजसेवी डा. केदार सुवेदी, पर्वत समाज जापानका महासचिव राम बास्तोला, पत्रकार जीवन पराजुली, संस्थापक अध्यक्ष कस्तुप पन्त, गायक नरहरि प्रेमी, मोडल यमुना रसाल, गायक तेजस रेग्मी, समाजसेवी गोबिन्द भुसाल, नेपाल सरकारका सह सचिव ज्ञान प्रसाद भुसाल र चन्द्रकान्त भुसाल तथा नेपाल सरकारका उप सचिव रामप्रसाद शर्मा लगायतको उपस्थिति थियो।

बडादसैँ, दीपावली, छठ पर्व तथा नेपाल संवतको समेत शुभकामना दिँदै राजनीतिज्ञ गुरुङले कलाकारहरूको सम्मान गर्नुपर्ने र उनीहरूलाई सामाजिक अभियानमा परिचालन गर्नुपर्नेमा जोड दिए। संस्थापक अध्यक्ष पन्तले कलाकारहरूलाई आफ्नै जिल्लामा उचित सम्मान हुनुपर्नेमा जोड दिए।

समाजका अध्यक्ष कुलेन्द्र विश्वकर्माले समाजका विविध कार्यमा सहकार्य र हातेमालो गर्न संस्था सदैव तत्पर रहेको बताए। वरिष्ठ उपाध्यक्ष कृष्ण समीप सुवेदीले पर्वत जिल्लाका सात वटै पालिकामा लाइभ कन्सर्ट आयोजना गर्ने योजना सुनाए।

पर्वत समाज जापानका महासचिव राम बास्तोलाले विदेशमा आयोजना हुने कार्यक्रममा पर्वतकै कलाकारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। गोविन्द सुवेदीले अन्तर्राष्ट्रिय पर्वत समाज र पर्वत कलाकारलाई जोडेर अघि बढाउन सहयोग गर्ने बताए। नेपाल हाउसका सञ्चालक रुद्र पौडेलले पर्वत कलाकार समाजलाई साझा चौतारी बनाएकोमा खुसी व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा कुलेन्द्र विश्वकर्मा, कृष्ण समीप सुवेदी, नरहरि प्रेमी, दीपिका पौडेल, दीपक गुरुङ, लक्षु प्रकाश मल्ल, भिम बहादुर पौडेललगायत कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए। समाजकी कोषाध्यक्ष सुस्मा लोहनी, सदस्यहरू कल्पना काफ्ले, रमेश सेन्चुरी लगायतले कार्यक्रममा स्वयंसेवीको रूपमा सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu