पुजना प्रधानको मनको राजा बने दिपेश कार्की



poojana-stri

[dropcap]ना[/dropcap]यिका पुजना स्त्री (प्रधान)ले मोडल दिपेश कार्कीलाई मनको राजा बनाएकी छिन् । मायाको चक्करमा भौतारिएकी पुजनाको मनको राजा दिपेशले बन्ने अवसर पाएका छन् । तर यो कुरा रियल लाईफमा भने होईन । प्रदिप रसाईलीको निर्देशनमा तयार हुँदै गरेको म्युजिक भिडियोमा यो जोडीको माया प्रेमको रोमाञ्चक पलहरु देख्न पाईने भएको मात्रै हो ।

युवा गायक रुद्रसेन विश्वकर्माले रचना गरेको दोस्रो गीतिसंग्रंह ‘मनको राजा’मा यो जोडीलाई देख्न सकिने छ । एल्वममा समावेश गीतहरुमा स्वर गायिका रजिना रिमालले दिएकी छिन् भने गीतकार रुद्रसेनको समेत स्वर रहेको छ ।

poojana-stri1
एल्वममा छ वटा गीत समावेश हुनेछन् भने प्रस्तुत गीतमा संगीत पुश्कर सुनुवारले भरेका छन् । भिडियोमा क्यामेरा भने अजय रेग्मीले चलाएका छन् । देशभक्ति र प्रेम विछोडको भावना समेटिएको एल्वम ‘मनको राजा’लाई छिट्टै नै सार्वजनिक गर्ने तयारी स्वरुप प्रोडक्शनको काम भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu