‘मिसिङ: केटी हराएको सूचना’को पोस्टर सार्वजनिक



काठमाडौं। आगामी कार्तिक ३० गते रिलिज हुन लागेको चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’ को पोस्टर सार्वजनिक भएको छ। ट्री सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको प्रस्तुत कर्ता पनि ट्री सिटी पिक्चर्स नै रहेको छ।

पोस्टरमा रेलको लिकमा चलचित्रका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ हात समाएर हिँडिरहेको देख्न सकिन्छ। सृष्टि कुर्ता सुरुवालमा सजिएर सिरमा ह्याट र कालो ब्याग बोकेकी छिन्, साथै उनले सेतो रङ्गको जुत्ता लगाएकी छिन्। त्यस्तै, नाजिर सर्ट र पेन्टको गेटअपमा देखिएका छन्, उनको पनि सिरमा ह्याट र जुत्ता सेतै रङ्गको छ।

पोस्टरको पृष्ठभूमिमा अर्को कलाकार दुरा सञ्जय गुप्ता रातो रङ्गको हिरो मोटरसाइकलमा देखिएका छन्। सञ्जयले कालो चस्मा लगाएका छन् र काँधमा गम्छा भिरेका छन्। उनको मुखमा पान देख्न सकिन्छ, र उनको पछाडि जनकपुर–जयनगर रुटमा चल्ने रेल पनि पोस्टरमा देखाइएको छ। कलाकारहरू र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ। पोस्टरको डिजाइन आशिस सापकोटा ले गरेका हुन्।

चलचित्रको निर्देशन ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचन ले गरेका छन्। चलचित्रको कथा, लेखन र निर्माण पनि उनैले गरेका छन्।

चलचित्रमा मुख्य भूमिकामा नाजिर, सृष्टि र सञ्जयसँगै रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, र ओमप्रकाश कर्ण को अभिनय छ। यसमा विशेष भूमिका अमितेष शाह को छ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, र सञ्जय भट्टचन सह-कार्यकारी निर्माताका रूपमा छन्।

चलचित्रको सहायक निर्माता अमितेश शाह, कथा र लेखन दीपेन्द्र गौचन, सहायक लेखन अमित पोखरेल र अमितेश शाह, र स्क्रिप्ट सुपरभिजन अमित पोखरेल ले गरेका छन्।

चलचित्रको डीओपी अमर महर्जन, सम्पादन निमेष श्रेष्ठ, द्वन्द्व शङ्कर महर्जन, सङ्गीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक, र करण थापा, गीतका शब्द दीपेन्द्र गौचन, अमितेष शाह, र करुण थापा, स्वर सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार, र इन्दिरा जोशी, कोरियोग्राफी राजीव कर्ण, सहायक कोरियोग्राफी काजोल कर्ण, कस्ट्युम जीवन पोखरेल र दीपेश, आर्ट निर्देशन अकी थेक्पा, सहायक आर्ट निर्देशन राहुल जैरु, र प्रोडक्सन अरुण रेग्मी ले सम्हालेका छन्।

यसअघि चलचित्रको संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ। चलचित्रको डिजिटल पार्टनर म्युजिक नेपाल हो भने यसलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी, र रिच इन्टरटेनमेन्ट ले वितरण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu