काठमाडौंमा सोनु निगमको साङ्गीतिक कार्यक्रम हुने, २ हजार देखि ५० हजारसम्मको टिकट



काठमाडौं। काठमाडौंमा भारतीय गायक सोनु निगमको विशेष साङ्गीतिक कार्यक्रम ‘सोनु निगम लाइभ इन नेपाल’ आयोजना हुने भएको छ। आइतबार ह्यात रिजेन्सी होटलमा आयोजित एक औपचारिक समारोहकाबीच ‘नेपाली टच-नेपाल’ले आगामी डिसेम्बर २५ उक्त कार्यक्रमको आयोजना हुने घोषणा गरेको हो।

‘नेपाली टच’ले अस्ट्रेलियामा विगत १५ वर्षदेखि विभिन्न साङ्गीतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ, तर नेपालमा भने यो पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको हो। ‘नेपाली टच-नेपाल’का प्रमुख राजकुमार गोस्वामीले कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालमा यस प्रकारको साङ्गीतिक कार्यक्रम आयोजना गर्न पाउँदा गर्व लागेको बताए। उनले भने, “अस्ट्रेलियामा कार्यक्रम गर्दै आएको अनुभवका आधारमा नेपालमा पनि यो कार्यक्रम आयोजना गर्ने हाम्रो योजना हो। यसले नेपाललाई अन्तर्राष्ट्रिय कलाकारहरूसँग जोड्ने र बलिउडसँग पनि सांस्कृतिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्नेछ।”

साथै, यो कार्यक्रमले नेपाली पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने उनको विश्वास छ। कार्यक्रममा बोल्दै गोस्वामीले क्रिसमसमा आयोजना हुने यस कार्यक्रममा सहभागी हुन चाहनेहरूले डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सक्ने जानकारी दिए। यसका लागि चार प्रकारका टिकटहरू उपलब्ध हुनेछन्: फेरस्टिभ जेनेरल टिकटको मूल्य २ हजार रुपैयाँ, फेस्टिभ प्ल्याटिनम ४ हजार रुपैयाँ, फेस्टिभ भिआइपी सिटिङ १० हजार रुपैयाँ र फेस्टिभ भिभिआइपी टेबलको मूल्य ५० हजार रुपैयाँ राखिएको छ।

प्ल्याटिनम टिकट खरिद गर्नेले एक वेभरेज निःशुल्क प्राप्त गर्नेछन् भने सिटिङ र अन्य उच्च श्रेणीका टिकटधारीहरूले फ्री खाना र वेभरेजको सुविधा पाउनेछन्। आयोजकका अनुसार यी मूल्यहरू दसैँ तिहारको अवसरमा निश्चित मात्रामा मात्र उपलब्ध हुने छन्। भिभिआइपी टेबल टिकट खरिद गर्नेले एक टेबल र ६ वटा कुर्सी पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu