राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा तीन विशिष्ट साधक सम्मानित



काठमाडौं। राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले बडादसैँको अवसरमा शुभकामना आदान–प्रदान तथा विशिष्ट साधक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। प्रतिष्ठानले वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल, वरिष्ठ गायक तथा सङ्गीतकार माणिकरत्न स्थापित, र वरिष्ठ साउन्ड इन्जिनियर प्रदीप कुमार उपाध्यायलाई “विशिष्ट साधक सम्मान २०८१” बाट सम्मानित गरेको हो।

तीनै जनालाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गर्दै, प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईँको नेतृत्वमा स्रष्टाहरूको निवासमै पुगेर सम्मान गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका महासचिव दीपक शर्मा, कोषाध्यक्ष नारायण बहादुर थापा, सदस्यहरू प्रतीक्षा काफ्ले, मनोज परियार, सविन सुबेदी, डेभिड शङ्कर, र सरु गौतमको उपस्थिति रहेको थियो।

त्यस्तै, प्रतिष्ठानका सल्लाहकारहरू सङ्गीतकार सुरेश अधिकारी, गीतकार बद्री पाण्डे, निर्देशक माधवराज खरेल, गीतकार डा. ओमकृष्ण प्रसाईँ, प्रेस संयोजक विष्णु सुबेदी लगायतका व्यक्तित्वहरूको उपस्थिति कार्यक्रममा रह्यो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu