काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘मैझारो’ सार्वजनिक भएको छ । यस गीतमा शब्द, सङ्गीत, र स्वर प्रशान्त सिवाकोटीको रहेको छ ।
गीतले जीवन सङ्घर्षका कुराहरू व्यक्त गरेको छ । गीतको भिडियोमा चलचित्रका प्रमुख पात्रहरू विजय बराल, स्वयम् केसी र अञ्जना बराइलीलाई फिचर गरिएको छ ।
महेश दवाडीले पटकथा र संवाद लेखेको तथा सरोज पौडेलले निर्देशन गरेको यो चलचित्र कार्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, र जान्वी पौडेललगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्माताको जिम्मेवारी रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकालले सम्हालेका छन्। चलचित्रलाई नेपाल तथा अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । सिनेमाको सङ्गीत प्रशान्त सिवाकोटीले दिएका छन् भने हेमन्त कान्छा रसाइलीले सारङ्गीको धुन बजाएका छन्। चलचित्रका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई, र पुष्पन प्रधानको स्वर रहेको छ ।
गीत: