चलचित्र पत्रकारिता दिवस मनाइयो, तीन पत्रकारलाई सम्मान र पुरस्कार



samman1

[dropcap]रा[/dropcap]जधानीमा एक समारोह आयोजना गर्दै चलचित्र पत्रकार संघले ‘१५ औं चलचित्र पत्रकारिता दिवस’ दिवस मनाएको छ । पत्रकार संघ दर्ता भएको दिन जेठ ७ लाई आधार मान्दै चलचित्र पत्रकारिता दिवस मनाउँदै आईएको छ । समारोहमा नेपाली चलचित्र सम्बन्धित संघसंस्थाका प्रतिनिधी तथा चलचित्र क्षेत्रका केहि कलाकारहरुको उपस्थिती थियो ।

दिवसको अवसरमा केक पनि काटिएको थियो । संस्थापक अध्यक्ष भरत शाक्य, निवर्तमान अध्यक्ष विदुर गिरी र अध्यक्ष शान्तिप्रियले केक काटेका थिए । सोहि अवसरमा चलचित्र पत्रकार संघको अफिसियल वेवसाइट पनि सार्वजनिक गरिएको छ ।

पत्रकारिता दिवसको अवसरमा लामो समय चलचित्र पत्रकारितामा व्यतित गरेका पत्रकार विदुर गिरीलाई सम्मान तथा पत्रकारद्वय कृष्ण भट्टराई र राज श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको छ । १५ हजार ५ सय ५५ रुपैयाँ, पुरस्कार पत्रका साथमा थुप्रै गिफ्ट ह्याम्पर मार्फत पुरस्कृत गरिएको हो । नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्द तथा कलाकारद्धय बसुन्धरा भुषाल र चैत्यदेवी कार्यक्रममा प्रमुख र विशेष अतिथीको रुपमा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu