काठमाडौं। नेपाली चलचित्र उद्योगको एक समयको चर्चित जोडी रहेका अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान १६ वर्षपछि फेरि एकसाथ पर्दामा देखिएका छन्। चर्चित चलचित्र ‘दर्पण छाया’बाट चर्चित बनेको यो जोडीले ‘यो जुनी यस्तै भो’ गीतको भिडियोमा अभिनय गरेका छन्।
गीतका रचनाकार बबी लिम्बूले यसलाई आफ्नो स्वर्गीय श्रीमानप्रति समर्पण गरेर लेखेकी हुन्। हरि लम्सालको सङ्गीत र केशव भावुकको स्वरमा रहेको यो गीतको भिडियो निकै भावुक बनेको छ।
मिराज अर्यालले निर्देशन गरेको यस भिडियोमा उत्तम र निरुतासँगै यशोदा रुचाल र आलोक अर्यालको पनि अभिनय रहेको छ।
भिडियो: