बलिउड अभिनेता गोविन्दा आफ्नै पिस्तोलबाट गोली लागेर घाइते, उपचारपछि खतरा मुक्त



काठमाडौं। बलिउड अभिनेता गोविन्दा आफ्नै पिस्तोल सफा गर्ने क्रममा गल्तीले गोली लागेर घाइते भएका छन् । मङ्गलवार बिहान ४:४५ बजे उनको मुम्बईस्थित घरमा यो घटना भएको भारतीय सञ्चार हो। गोली उनको खुट्टामा लागेको थियो, जसलाई सर्जरीमार्फत निकालिएको छ । हाल उनी खतरा मुक्त रहेको जनाइएको छ ।

बताइए अनुसार घटना भएको समयमा गोविन्दा घरमा एक्लै थिए । लाइसेन्स प्राप्त पिस्तोल सफा गर्दै गर्दा गोली अचानक चलेको र खुट्टामा लागेको थियो । यो घटनामा कुनै उजुरी दर्ता गरिएको छैन, र घटनामा केही शङ्का गर्नुपर्ने स्थिति नरहेको प्रहरीले बताएको जनाइएको छ ।

घटनापछि गोविन्दालाई तत्काल अन्धेरीस्थित क्रिटी केयर अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार, उनको प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था स्थिर रहेको छ । उनकी छोरी टीना अस्पतालमा साथमा रहेकी छन् भने उनकी पत्नी सुनिता कोलकातामा रहेका कारण त्यहाँ उपस्थित हुन सकेकी छैनन् ।

गोविन्दाले अस्पतालबाट अडियो सन्देश जारी गर्दै आफू सबैको आशीर्वाद र प्रार्थनाका कारण राम्रो भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu