चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले बुवाको सङ्घर्षबारे भिडियो प्रतियोगिता गर्ने



काठमाडौं। अभिनेता विजय बराल र प्रकाश सपूत अभिनीत नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले बुवाको सङ्घर्ष र महत्वलाई केन्द्रित गर्दै “मेरो ‘बा’ को सङ्घर्ष” नामक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । चलचित्रको निर्माण टिमले यो प्रतियोगिताको घोषणा गर्दै सहभागीहरूले आफ्नो बुवाको सङ्घर्षलाई उजागर गर्दै सन्देशमूलक भिडियो बनाउनुपर्ने बताएको छ ।

प्रतियोगितामा भाग लिनका लागि सहभागीहरूले बुवाको सङ्घर्षको कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, जस्ता विभिन्न माध्यम प्रयोग गरी भिडियो बनाउन सक्नेछन् । भिडियोको अवधि अधिकतम ३ मिनेटसम्मको हुनुपर्नेछ, र यसलाई निर्माण टिमको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दा सहभागीहरूले #PURNABAHADURKOSARANGI, #KARTIK15, #7SEASCINEMA, #MEROBAKOSANGARSHA, #VIDEOCOMPETITION ह्यासट्यागहरू प्रयोग गर्नुपर्नेछ, साथै fb.com/7seascinema वा fb.com/7seasentertainment लाई ट्याग गर्नु अनिवार्य गरिएको छ । पोस्टमा आफ्नो बुवा र परिवारलाई मेन्सन गर्नुपर्ने नियम पनि लागु गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने पहिलो स्थानका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । साथै, उत्कृष्ट २० सहभागीले चलचित्रको २ वटा निःशुल्क टिकट प्राप्त गर्नेछन् । सहभागीहरूले कार्तिक ८ गतेभित्र भिडियो पठाइसक्नुपर्नेछ ।

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ सरोज पौडेलको निर्देशनमा तयार भएको हो भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । यस चलचित्रमा विजय बराल र प्रकाश सपूतका साथमा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, र जान्वी पौडेलको अभिनय रहेको छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति रहेको यो चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । नेपाल र अन्तर्राष्ट्रिय बजारमा चलचित्रको वितरण सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ । ‘पूर्ण बहादुरको सारङ्गी’ आगामी कात्तिक १५ गते (लक्ष्मी पूजा) रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu