गायक टङ्क बुढाथोकीले चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बनाउने



काठमाडौं। गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीले आफ्नो लोकप्रिय गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म निर्माण गर्ने भएका छन् । आइतबार बुढाथोकीले चलचित्र विकास बोर्डमा यस चलचित्रको शीर्षक दर्ता गरेका हुन् ।

चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बुढाथोकीले निर्माण र निर्देशन गर्नेछन् । लक्ष्मी गिरि कार्यकारी निर्माताको भूमिकामा रहनेछिन् भने विनय अधिकारी सह-निर्माता हुनेछन् । यो चलचित्र सामाजिक कथामा आधारित हुने बताइएको छ ।

यस चलचित्रमार्फत बाल गायक अशोक दर्जी र एआर बुढाथोकीले नेपाली रजतपटमा डेब्यु गर्नेछन् । साथै, नव नायक रमेश बिकको पनि डेब्यु हुने भएको छ । निर्देशक टङ्क बुढाथोकीले बिकलाई चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएका छन् । चलचित्रको कथा टङ्क स्वयंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार गरेका छन् ।

तिहारपछि छायाङ्कनमा जाने भनिएको चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ का अन्य कलाकारहरू छिट्टै छनौट गरिने तयारी भइरहेको छ ।

फोटो: सुरेन्द्र थापा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu