चलचित्र विकास बोर्डले चलचित्रको पत्रकार सम्मेलनको लागि निःशुल्क हल उपलब्ध गराउने



काठमाडौं। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा थप योगदान पुर्‍याउन महत्त्वपूर्ण कदम चालेको छ ।

बोर्ड श्रोतका अनुसार बोर्डले नेपाली चलचित्रहरूको प्रेस मिट, गीत, तथा ट्रेलर रिलिज कार्यक्रमका लागि आफ्नो हल दुई घण्टासम्म निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । यस निर्णयले नेपाली चलचित्र निर्माताहरूलाई थप राहत मिलेको छ । विशेषगरी साना निर्माताहरूका लागि यो सुविधा आर्थिक सहयोगको रूपमा महत्वपूर्ण मानिएको छ ।

चलचित्र रिलिजको समयमा टिजर, गीत, र ट्रेलर जस्ता प्रचार सामग्रीहरू सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना प्रायः महँगो दरमा हल भाडामा लिएर गर्नुपर्ने चुनौती निर्माताहरूले सामना गर्नुपर्थ्यो ।

अब भने बोर्डले आफ्नो आधुनिक सुविधा सम्पन्न हल निःशुल्क उपलब्ध गराउँदा चलचित्र निर्माता तथा निर्देशकहरूको यो आर्थिक बोझ घट्नेछ । बोर्डले आफ्नै भवनमा विभिन्न प्रयोजनका लागि अत्याधुनिक हल सञ्चालन गरेको छ, जसमा बोर्डका आन्तरिक कार्यक्रमहरू, विदेशी चलचित्रहरूको सेन्सरका लागि प्रदर्शन तथा भाडामा दिने कार्यहरू गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu