चलचित्रमा पुनः सक्रिय हुँदै ‘कबड्डी’की मैँया



काठमाडौं। अभिनेत्री रिश्मा गुरुङ नेपाली सिने क्षेत्रमा पुनः सक्रिय हुँदैछिन् । चर्चित ‘कबड्डी’ शृङ्खलामा ‘मैंया’को भूमिकाबाट दर्शकमाझ लोकप्रिय बनेकी रिश्मा लामो समयदेखि अमेरिका बस्दै आएकी थिइन् । उनी हाल नेपाल फर्केर आफ्नो नयाँ चलचित्र ‘रिमै’को छायाङ्कनका लागि तयारीमा जुटेकी छिन् ।

रिश्माले ‘रिमै’को कथाले आफूलाई गहिरो रूपमा छोएको भन्दै यही कारण यो प्रोजेक्टमा काम गर्न निर्णय गरेको बताएकी छन् । यसअघि उनले ‘क्रसरोड’ नामक चलचित्रमा काम गरेकी थिइन्, तर उक्त चलचित्र अझै प्रदर्शनमा आएको छैन । 

अब भने उनी गुरुङ समुदायको संस्कार र संस्कृतिमा आधारित ‘रिमै’मा प्रमुख भूमिकामा देखिनेछिन् । यस चलचित्रमा दयाहाङ राई र सौगात मल्लजस्ता स्थापित कलाकारसँगै अभिनय गर्ने अवसर पाउँदा उनी निकै उत्साहित छिन् । 

चलचित्रको निर्देशन खिल बहादुर गुरुङले गर्नेछन् भने निर्माण वीर बहादुर घलेले गर्नेछन् । उपेन्द्र सुब्बाको लेखन रहेको यो चलचित्रको छायाङ्कन असोज २८ गतेदेखि गोरखाको सिरानचोकमा सुरु हुने तयारीमा छ । रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले, र माओत्से गुरुङले पनि प्रमुख भूमिकामा अभिनय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu