‘छक्का पञ्जा–५’ ले‘द बिगेस्ट रोस्टिङ ब्याटल’ टिकट बिक्रीको ४० प्रतिशत विपद् पीडितहरूको उद्धारमा लगाउने



काठमाडौं। देश र जनताले विपद् भोगिरहेका बेला कलाकारितामार्फत सहयोग गर्न सकिने ठहर गर्दै, नेपाली मनोरञ्जन उद्योगका दुई चर्चित टिमहरू ‘छक्का पञ्जा ५’ र ‘कमेडी च्याम्पियन’ले संयुक्त आयोजना गर्न लागेको ‘द बिगेस्ट रोस्टिङ ब्याटल’ कार्यक्रमबाट सङ्कलित रकमको ४० प्रतिशत विपद् पीडितहरूको उद्धारमा सक्रिय संस्थाहरूलाई सहयोग गर्ने निर्णय गरेका छन् । ‘छक्का पञ्जा ५’ प्रचारको उद्देश्यले आयोजना हुने यो विशेष सशुल्क कार्यक्रम असोज २० गते राष्ट्रिय नाचघर, जमलमा आयोजना हुँदैछ ।

चलचित्र ‘छक्का पञ्जा–५’ को प्रचारलाई तीव्र बनाउँदै चलचित्र प्रवर्द्धनलाई फरक र आकर्षक बनाउन नयाँ तरिकाहरू अपनाएको छ । यसै क्रममा, चलचित्र निर्माण टिमले कमेडी च्याम्पियन टिमसँग मिलेर ३ घण्टा लामो ‘ब्याटल’ कार्यक्रम आयोजना गरेको हो ।

यो रोस्टिङ ब्याटल कार्यक्रम असोज २० गते, साँझ ५ बजे राष्ट्रिय नाचघरमा हुनेछ, जसलाई हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण गरिनेछ ।

‘छक्का पञ्जा–५’ को दोस्रो गीत ‘ब्रेकअप’ मा प्रेम सम्बन्धको अन्त्यलाई रोस्टिङ शैलीमा प्रस्तुत गरिएको थियो, जसलाई दर्शकहरूले निकै रुचाएका छन् ।

छक्का पञ्जा सिरिज नेपाली सिनेमा जगतका सबैभन्दा सफल हास्य प्रधान चलचित्रहरूमा गनिन्छ, र यसको पाँचौँ संस्करणप्रति दर्शकहरूमा निकै ठूलो उत्सुकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu