फेसन केवल लुगा लगाउने तरिका मात्र होइन, यो व्यक्तित्वको प्रतिबिम्ब हो : आयुष्मान



काठमाडौं। फेसनप्रति सधैँ सचेत अभिनेता आयुष्मान जोशीले शुक्रवार पिटर इंग्ल्याण्डको कुमारीपाटीमा नयाँ स्टोरको उद्घाटन गरेका छन् । सो कार्यक्रममा आयुष्मानले फेसनलाई आफ्नो जीवनशैलीसँग जोडिएको अभिन्न अङ्ग भएको भन्दै गुणस्तरीय ब्रान्डहरूको महत्त्वबारे धारणा व्यक्त गरे ।

आयुष्मानले भने, “फेसन केवल लुगा लगाउने तरिका मात्र होइन, यो व्यक्तित्वको प्रतिबिम्ब हो । आफ्नो आत्मविश्वास बढाउन र आफूलाई अरूसँग अलग देखाउन सही फेसन छनोटले ठूलो भूमिका खेल्छ । पिटर इंग्ल्याण्डजस्ता ब्रान्डहरूले स्टाइल र गुणस्तरको सम्मिश्रण गर्दै हरेक पुरुषलाई आफूलाई अझ आत्मविश्वासी बनाउन सहयोग गर्छन् ।”

उनले फेसनलाई केवल शोभाकै विषय नभई व्यक्तित्वको अभिव्यक्ति र जीवनशैलीसँग जोडिएको कुरामा जोड दिए । आयुष्मानको फेसनप्रतिको दृष्टिकोणले ब्रान्डमा रुचि राख्ने ग्राहकलाई प्रभावित बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu