सिड्नीमा गायक रामकृष्ण ढकालको साङ्गीतिक प्रस्तुति



सिड्नी। गायक रामकृष्ण ढकालले आफ्नो ‘रामकृष्ण ढकाल अस्ट्रेलिया टुर’ को सुरुआत सिड्नीबाट गरेका छन् । शनिवार साँझ सिड्नीको इन्द्रेणी फंक्सन सेन्टरमा आयोजित कार्यक्रममा उनले आफ्ना पुराना र नयाँ गीतहरू प्रस्तुत गरे ।

उनले आफ्ना ‘बाचुन्जेललाई,’ ‘ओराली लागेको,’ र ‘ए माया जदौ’ जस्ता लोकप्रिय गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध पारे । स्वरसम्राट नारायण गोपालका गीतहरू गाउने क्रममा दर्शकले प्रत्यक्ष नारायण गोपालकै स्वर सुनेको अनुभव गरेको बताए ।

गायक ढकालले अस्ट्रेलियामा चौथो पटक कन्सर्ट गरिरहेको उल्लेख गर्दै अस्ट्रेलियन दर्शकको माया पाउँदा आफू उत्साहित भएको बताए । उनले यस पटकको दसैँ पनि अस्ट्रेलियामै मनाउँदै अन्य सहरहरूमा समेत प्रस्तुति दिने योजना सुनाए ।

कार्यक्रममा आयोजक पाल्पा सर्भिसेसका अध्यक्ष दिनेश श्रेष्ठले सिड्नीका दर्शकले गायक ढकाललाई प्रत्यक्ष सुन्न पाएकोमा निकै उत्साहित भएको बताए । गायक ढकाललाई विभिन्न सहरहरूमा सम्मान गरियो भने उनले आफ्ना नयाँ गीतहरूको पनि प्रस्तुति दिए, जसमा ‘जीवनको हिसाब’ शीर्षकको गीतको वर्ल्ड प्रिमियर समेत समावेश थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu