अमेरिकामा शुरेशदर्पणले लिए ‘ज्वाइँ साब’को प्रदर्शन अधिकार, अन्य देशमा रिलिज हुने



काठमाडौं। यस वर्षको दसैँको अवसर पारेर असोज २४ गते फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘ज्वाइँ साब’को नेपाल बाहिरका विभिन्न मुलुकको लागि प्रदर्शन अधिकार बिक्री भएको छ, जसमा अमेरिका, क्यानडा, युके, र जापान रहेको निर्माताले जनाएका छन् ।

अमेरिकाको लागि निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले चलचित्रको प्रदर्शन अधिकार लिएको छ । अमेरिकामा अक्टोबर ११ (शुक्रवार) का दिन टेक्सास, क्यालिफोर्निया, न्यु योर्क, भर्जिनिया, मेरिल्यान्ड, कोलोराडो, न्यु हेम्प्शायरलगायतका सहरहरूमा १०० भन्दा बढी शोमार्फत प्रदर्शन गरिने पोखरेलले जनाएका छन् ।

वसन्त निरौलाले निर्देशन गरेको ‘ज्वाइँ साब’मा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, र ईशान राउत लगायतका कलाकारहरूको अभिनय रहेको छ । 

यसका प्रस्तुत कर्ता राजकुमार पण्डित हुन् भने, मिनादेवी खड्का, सौगात पण्डित, र पदमलाल तामाङले चलचित्रमा लगानी गरेका छन् । विजय बस्याल कार्यकारी निर्माता रहेका यस चलचित्रमा शङ्कर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायाङ्कन, सञ्जय थापाको एक्सन, र अर्जुन पोखरेल तथा महेश ताम्राकारको सङ्गीत समावेश छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu