सुदनले ल्याए दसैँ गीत ‘दसैँको सम्झना’



काठमाडौं। दसैँ नजिकिँदै गर्दा नेपाली साङ्गीतिक क्षेत्रमा दसैँका गीतहरू सार्वजनिक हुने लहर चलिरहेको छ । यसै क्रममा ‘दसैँको सम्झना’ शीर्षकको गीत हालै सार्वजनिक भएको छ, जसले गाउँले दसैँको झल्को दिलाउँछ ।

यस गीतमा सुदन गैह्रेको सुमधुर स्वर, राधा पौडेलको गहकिलो शब्द रचना, र देवेन्द्र बरालको सङ्गीतको संयोजन रहेको छ । विश्व अधिकारीले सङ्गीत संयोजन गरेको यस गीतलाई विष्णु खड्काले सम्पादन र कलरिङ गरेका छन् ।

गीतका शब्दहरूमा “आकाशमा टहटह जुन लागेको, गैरी खेतमा लहलह धान झुलेको, सुनाखरी बुकी फूल तथा तीतेपाती फुलेको क्षण, जुन दसैँको छेउछाउ थियो, यसको व्याख्या गरिएको छ । गीतले दसैँको रमाइलो वातावरण र बाल्यकालको स्मरणलाई भावुक शैलीमा प्रस्तुत गरेको छ ।

चितवनमा जन्मिएकी र अमेरिकामा दुई दशकदेखि बसोबास गर्दै आएकी राधा पौडेलको शब्दहरूले गीतलाई गहिरो भाव दिएका छन् । पौडेल साहित्य र सामाजिक सेवामा सक्रिय रहेकी छन्, उनका थुप्रै पुस्तक प्रकाशित भइसकेका छन् र उनले समाजका विभिन्न विसङ्गतिहरू विरुद्ध लेखनको माध्यमबाट आवाज उठाउँदै आएकी छिन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu