सत्यराजको स्वरमा बिनु बाबाको गीत ‘सपना’ सार्वजनिक



काठमाडौं। गायक सत्यराज आचार्यको स्वरमा रहेको नयाँ गीत ‘सपना’ सार्वजनिक भएको छ । यस गीतका शब्द डा. बिनु बाबा अर्यालले लेखेका छन् भने सङ्गीत योगेन्द्र उपाध्यायले तयार पारेका छन् ।

गीतको भिडियोमा सङ्गीतकार उपाध्यायसँगै गायक प्रशान्त सिवाकोटी, नेहा गुरागाईँ, विष्णु माया निरौला, देवयान्स निरौला, टिकाराम श्रेष्ठ, सोनु परियार, र निर्देशक सुरज तामाङले अभिनय गरेका छन् । सुरज तामाङले नै कथा लेखेका र निर्देशन गरेका यस भिडियोको छायाङ्कन दिवर मगरले गरेका हुन् भने सम्पादन सोनु परियारले गरेका छन् ।

गीतकार डा. अर्याल त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा लामो समय अध्यापन गराइसकेकी शिक्षिका हुन् । सङ्गीतकार उपाध्यायले त्रिभुवन विश्वविद्यालयबाट सङ्गीतमा स्नातकोत्तर गरेका छन् र रेडियो नेपालका ‘क’ श्रेणीका सङ्गीतकार पनि हुन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu